सुचना, समाचार र मनोरन्जन

फिल्म ‘चित्रा’मा सन्तोषको एक्सनको चर्चा

काठमाडौं :

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को चर्चा सुरु हुन थालिसकेको छ । बुधबार फिल्म ‘चित्रा’को एक्सन केन्द्रित ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ कौतुहल्ता छाएको देखिन्छ।

यही पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको २ मिनेट ४८ सेकेण्ड लम्बाईको ट्रेलरमा बाउ छोरीको माया ममता र पारिवारिक कथाको पृष्ठभूमिमा एक्सन देखाइएको छ। फिल्ममा सन्तोष अधिकारी यहि फिल्मबाट नायकमा डेब्यु गर्दैछन्। यो फिल्ममा सन्तोषका अलवा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतको अभिनय देखिन्छ।

यस अघि फिल्म ‘आमा’‘घर’ र प्रदर्शनकोण् तयारीमा फिल्म ‘तीनजन्तु’मा समेत सह–निर्माता समेत रहेका सन्तोषले चित्राबाट अभिनयमा डेब्यू गरेका हुन् । उनी यो फिल्मको अभिनेता मात्र नभई कार्यकारी निर्माताका रुपमा समेत रहेका छन्।

आशिष थापा मगर निर्माता रहेको यो फिल्मको कथा अजय अधिकारीले लेखेका हुन् भने पटकथा मनिष गौतमको छ। फिल्ममा राजनराज सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत तथा बनिश शाह र सन्देश शाहको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.