सुचना, समाचार र मनोरन्जन

‘हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर वाचा गरेका छौँ : अभिनेत्री अनु शाह

काठमाडौं :

एक समय नेपाली फिल्म क्षेत्रमा राज गरेका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीच फेरि विवाहको चर्चा चल्न थालेको छ। झन्डै एक दशक प्रेम सम्बन्धमा रहेका सविन र अनुले अब भने लगन कस्न लागेका हुन्।

२०७४ सालमा उनीहरुले अदालतमा पुगेर नै कानुनी विवाह गरेको चर्चा चलेको थियो। यस विषयमा भने उनीहरु दुवैले त्यसलाई खण्डन गर्दै आएका थिए। विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमा विवाह कहिले गर्ने भन्ने आफ्नो फ्यानको प्रश्नबाट आजित बनेका सविन र अनुले अब भने मुक्त पाउने देखिएको छ।

Chaka Panja

एक अन्तरबार्तामा अभिनेत्री शाह यसै वर्ष विवाह बन्धनमा बाँधिने बाचा गरेको बताएकी छन्।

‘हामी २०२४ मा विवाह गर्छौं । हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर एकअर्कालाई वाचा गरेका छौं,’उनले भनेकी छन्,‘काम व्यस्तताले गर्दा विवाहको योजना बन्न सकेको थिएन । विवाहको मिति तय त भइसकेको छैन तर यस वर्ष हामी विवाह गर्छौं ।’

सविन र अनुको जोडीले फिल्म ‘लक्ष्य’ र ‘आधी बाटो’ गरी दुईवटा फिल्ममा एकसाथ अभिनय समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.