काठमाडौं :
निर्माताद्वय प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म ‘चुले निम्तो’ निर्माण गर्ने भएका छन्। फिल्म ‘पूर्णबहादुरको सारंगी’जस्तो किर्तिमानी फिल्म निर्माण गरेको यि निर्माताले बुधबार अक्षय तृतीयाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।
विदेशमा नेपाली फिल्म वितरण गर्दै आएको संस्था सेभेन सिज इन्टरनेसनलको ब्यानरमा बन्न लागेको फिल्मलाई दीपक वलीले निर्देशन गर्नेछन्। निर्देशक वलीको यसअघि उनले ‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकरण’ र ‘कृष्णलीला’ निर्देशन गरेका छन्। उनको यो ‘चुले निम्तो’ पाँचौ फिल्म निर्देशकिय बन्न लागेको हो।
सार्वजनिक भएको ‘निम्तो’को पोस्टरमा बिहेको निम्तो कार्ड तयार पारिएको छ। यसो हेर्दा पोस्टरको डिजाइन र शीर्षकले फिल्मको कथा विवाहमा आधारितमा बन्ने छ। फिल्मलाई ‘पूर्णबहादुरको सारंगी’का लेखक महेश दवाडीले नै स्क्रिप्ट तयार पारेका छन्।
निर्देशक वलीले फेसबुकमा लेखेका छन्, ‘कथाहरु माटोमा फुल्छन्, माटोमै फल्छन् अनि माटोमा नै फुलेका(फलेका कथाहरु हामी माटो नबिर्सिएकाहरुलाई बेस्सरी मगमग बसाउँछ। ‘चुले निम्तो’ एउटा यस्तै माटोको कथा हो । जसले हाम्रै कथा भन्छ, हाम्रै शैलीमा भन्छ, बेस्सरी पेट मिचिमिची खित्का छोड्दै हँसाउँदै भन्छ।’
तिहारपछि छायांन गरिने यो फिल्म निर्माणको लागत २ करोड हाराहारी हुने छ। गोरखा, रोल्पा, पाल्पा र रसुवा जिल्लामा छायांकन गर्ने तयारीमा निर्माण टिम छ।