सुचना, समाचार र मनोरन्जन

स्वास्थ्य बीमाको सुविधा अव आफु बसेकै ठाउँबाट लिन सकिने

काठमाडौँ/

स्वास्थ्य बीमा गर्नेहरुले अब आफू बसेकै ठाउँमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् ।

आफू रहेकै ठाउँमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको ठाउँबाट अन्त गएका व्यक्तिले आफू बसेकै ठाउँमा प्रथम विन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।

त्यसअनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा हिजोको बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसबाट रेफर लिनका लागि बीमा गराएकै ठाउँमा पुग्नुपर्ने झन्झट नहुने भएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

त्यसैगरी, स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनुपर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताएका छन ।

Leave A Reply

Your email address will not be published.