सुचना, समाचार र मनोरन्जन

सौगात,गरिमा अभिनित फिल्म ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक

काठमाडौं :

आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार मजदुर दिवसको अवसर पारेर पोस्टर रिलिज गरेको हो।

हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको यो पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन्। अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन्। पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले सिनेमामा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ।

पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने संकेत गर्छ। सिमोश सुनुवारको निर्देशन तयार भएको यस फिल्ममा रमा थपलिया,कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। यसअघि यो फिल्मका दुई गीत घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ रिलिज भइसकेका छन्। जुन गीतलाई दर्शकले रुचाईसकेका छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको सिनेमा‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ,फिल्मको कथा यसै प्रचलनमा आधारित छ।

हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.