सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीले गरे चलचित्र छायांकन स्टुुडियो शिलान्यास

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने चलचित्र छायांकन स्टुडियो शिलान्यास गरेका छन् ।

‘सिनेपाः’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण हुने स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकनस्थल हुने बताइएको छ।

चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्दै चलचित्र छायांकनको लागि स्टुडियो कोशेढुंगा सावित हुने बताए ।

देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.