
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘ग्रान्ड एभरेस्ट आश्रम’का लागि अडिसन आह्वान, इच्छुक कलाकारलाई सहभागी हुन आग्रह
- ‘आचार्य’पछि फिल्म ‘कस्तुरी’मा फर्किए निखिल
- मतदानको अधिकार सहज बनाउन निर्वाचन प्रणाली बदल्नुपर्छः आयुक्त डा. सुब्बा
- भोटेकोशी बाढीले बगाएका पशुका अवशेष खोज्दै, आम्दानीको स्रोत गुम्दा जीविकोपार्जनमा समस्या
- महाकालीको मोटरेबल पुल सञ्चालनमा, स्थानियमा उत्साह २४ सै घण्टा पुल सञ्चालनको माग
- राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने
- रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटनमा बल्ल पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- एभरेस्ट एफएमको रक्तदान मंसिर १२ गते शनिबार, तयारी अन्तिम चरणमा
- रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे
गोरखा,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताए । गोरखाको शहीद लखन गाउँपालिका १ र गोरखा नगरपालिका १२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए ।

गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार-भट्ट फाँ-टमनकामना सडकखण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । “विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समय अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहारण हो”, उनले भने, “वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि यहीँ हो ।”
पूर्वाधार विकास कार्यालय गोरखासँग विसं २०८२ असारमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम सुरु भएको थियो । कार्यालयले पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु सात करोड ५१ लाख ३० हजार ८५९ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
नवनिर्मित पुल कुल ६० मिटर लम्बाइको छ । ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा १२ महिना अघि सम्पन गरेको हो । पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । पुल नहुँदामा हिउँदमा मात्र जसोतसो गाडी चल्ने उक्त सडकखण्डमा अब बाह्रै महिना निर्वाधरुपमा सवारी साधन सञ्चालन हुने अवस्था बनेको स्थानीयबासीको भनाइ छ ।