Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘आ बाट आमा २’ को अन्तिम सेड्युलका लागि पल शाह, निर्देशक चन्द्र पन्त र रिश्ता गुरुङसहितको टिम हङकङमा
- बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो
- ‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि
- बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ हुँदै, आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिइने
- फिल्म ‘कंगाल करोडपति’को छायांकन गोकर्णबाट सुरु
- बाढी प्रभावित बेनीमा खानेपानी अभाव
- ‘म्युजिक जात्रा–ख्वपः’मा पहिलोपटक गुन्जिँदै कुमा सागर, प्रवेश निःशुल्कसँगै ५० प्रतिशत रकम सामाजिक कार्यमा जाने
- ह्वीलचेयर सेवाः अन्तरराष्ट्रिय हवाईयात्राको साथी
- बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
- मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
रसुवा,
भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ ।
रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लग्ने कार्य जारी रहेको उहाँले बताउनुभयो ।
यसैबीच, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहमा फसेका व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । नेपाली सेनाको ६ नं बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन ।
स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।