Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद: ‘नेपाल एक्लो छैन, पुनर्निर्माणमा सघाउँछु’
- बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको आर्थिक सहयोग
- ‘अहिले उत्सव होइन साथ चाहिएको छ’ भन्दै रचना रिमाल फर्किँदै स्वदेश
- रुसको अन्तर्राष्ट्रिय सिर्जनशील उद्योग संवादमा बटरफ्लाइ फिल्म्समार्फत नेपालको प्रतिनिधित्व
- बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे ‘बल्छी धुर्बे’सहित जुठे र हल्का रमाइलोका कलाकार
- ‘अब पालो युवाको’ : व्यवसायको मैदानबाट नेतृत्वको यात्रामा सौगात
- बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोग लिएर पुगिन अक्षराकी न्यान्सी खड्का
- गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त
- भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
- पोउवासंघ सदस्यमा दिलीपकुमार श्रेष्ठ: अनुभव र व्यावसायिक निष्ठाको उम्मेदवारी
गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त
गण्डकी,
गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।
गोरखा–२ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयकोसमेत कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
यस्तै यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रहनुभएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वाथ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ रहनुभएको छ । नेकपा ९एमाले० सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो ।
Prev Post