पोखरा/
रुपन्देहीबाट नेपालको सौन्दर्य क्षेत्रमा प्रसिद्ध वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लि ले स्कीन केयर लन्च गरेको छ। पोखराका सौन्दर्यकर्मीहरुको सहभागितामा चितवनको सौराहामा रहेको लेण्डमार्क होटलमा कस्मेटिक सामानहरुको लन्च सहित ३ दिने तालिम आयोजना गरिएको सन्चालक कृष्ण प्रसाईले बताए ।
हेयर केयर ब्यबसाय गर्दै आएको वेलटेन कस्मेटिकले आफ्नो सेवा बिस्तारको क्रममा फेसियल कीट, ANTI ACNE,, BRIGHTING CREAM, ANTI WIRINKLE लगायतका ब्यूटी प्रडक्ट लन्च गरिएको हो ।

कस्मेटिक लन्च पश्चात् लन्च भएका प्रडक्ट तथा तिनको प्रयोगको बारेमा पोखराका ४० जना र सर्लाहीका १० जनाले तालिम हासील गरिरहेका छन । तालिमको सहजीकरण गर्दै वरिष्ठ ब्यूटीसियन अनिल दासले वेलटेनले देशकै सौदर्यताको क्षेत्रमा र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
वेलटेनले आउँदा दिनहरुमा नेपालका अन्य स्थानमा पनि कस्मेटिक लन्च तथा तालिमको आयोजना गर्न लागेको संचालक प्रसाईले जानकारी दिए ।