सुचना, समाचार र मनोरन्जन

पल्मु शेर्पाको ‘धरोधर्म सत्य’मा शिल्पा र विमलको रोमान्स (भिडियो सहित)

काठमाडौं :
बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित म्युजिक भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार पारेर गीतको भिडियो रिलिज गरेको हो। जसमा शब्द नवराज भूमरी आचार्य, संगीत सिडि बिजय अधिकारी, एरेञ्ज पुष्कर खत्रीको छ।

गायनमा गायिका पल्मु शेर्पा र गायक अधिकारीकै स्वर सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा अन्य गायक, गायिकामा मनिषा राई,दीपा तामाङ, कृष्ण जोशी, पुष्कर खत्रीले साथ दिएका छन।

Chaka Panja

गीतको भिडियोमा बिमल अधिकारी, शिल्पा पोखरेलले अभिनय गरेका छन् भने उत्तम हुमगाईंले खिचेका हुन्। निकै सुन्दर दृश्यका साथ खिचिएको भिडियोलाई सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन्। भिडियो गायिका पल्मु शेर्पाको अफिसिय युटुव च्यानलमा हेर्न सकिन्छ। गायिका शेर्पाले पछिल्लो समय तामाङ सेलो लगायत थुप्रै गीतहरु गाएकी छन्। उनी पछिल्लो समयकी चर्चित गायिका पनि हुन्।

Leave A Reply

Your email address will not be published.