सुचना, समाचार र मनोरन्जन

कसमस इन्टरनेशनल कलेज सिआईसीको क्याम्ब्रिज ए- लेभल कार्यक्रम पोखरामा सुरु

पोखरा,

कसमस इन्टरनेशनल कलेज (सीआईसी) पोखराको क्याम्ब्रिज ए- लेभल कार्यक्रमको पोखरामा रि-लन्च भएको छ । द ब्रिटिस कलेज (टीबीसी) काठमाडौंको म्यानेजमेन्ट्मा पाच वर्षपछि पुनः सुरु भएको हो ।

रिलञ्च कार्यक्रमका प्रमुख अतिथि बृटिस ग्रामर स्कुलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कंडेलले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै क्लिभ्सले गुणस्तरीय शिक्षा राष्ट्रको बिकासको आधार भएको बताए । कसमस इन्टरनेशनल कलेजको पुनः सुरुवातले युवाहरुको भविष्य निर्माणमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।


द बृटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कंडेलले द बृटिस कलेजबाट प्राप्त गुणस्तरीय शिक्षाको मापदण्डलाई पोखरामा ल्याउन पाउँदा खुसी लागेको बताउदै पोखरामा अन्तरास्ट्रिय स्तरको बिस्वस्नीय शिक्षा प्रदान गर्ने बताए ।  कार्यक्रममा हिसान, प्याब्सन, एनप्याबसन, पोखरा उद्योग  वाणिज्य संघ लगायतका  उपस्थित भएका थिए ।

कसमस इन्टरनेशनल कलेज ब्रिटिस एजुकेशन ग्रुपमा समेत समावेश भएको छ । जसले नेपालभर नेपालभर गुणस्तरीय शिक्षा बिस्तार गर्दै आएको छ।  शिक्षामा गुणस्तरीय रुपान्तरण ल्याउने उदेश्यले सन २०१२ मा काठमाडौंबाट सुरु भएको  बृटिस एजुकेसन अन्तरगतका शैक्षिक संस्थाहरुमा ६ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन ।

ए- लेभल कार्यक्रम सुरु भएसङ्गै कलेजले आकर्षक छात्रवृत्ति योजना समेत ल्याएको छ । जसमा प्रारम्भिक चरणमा भर्ना हुने  विद्यार्थीहरुलाई ५० प्रतिशतसम्म ट्युसन फी छुट, सुरुका २० जना विद्यार्थीलाई निशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई अतिरिक्त छात्रवृत्ति प्रदान गरिनेछ । साथै उपत्यकाका प्रमुख स्थानहरुबाट निशुल्क यातायात सुबिधा उपलब्ध गराइने बताईएको छ । यस वर्षको लागि भर्ना प्रक्रिया सुरु भैसकेकाले १० जुनभित्र भर्ना गर्न कलेजले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.