
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बङ्गालको खाडीमा विकसित पानी पार्ने प्रणाली थप बलियो बन्दै
- कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
- एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड ५० लाख पाउने
- ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्योः स्वास्थ्यमन्त्री मेहता
- मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास
- जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
- सरकारले चार वटा हिमतालको सतह घटाउने
- एनपीएलमा एक्सटेपको निरन्तर साथ, पुनः बन्यो अफिसियल एपेरल पार्टनर
- लेकसाइडको क्याम्पिङ चौरमा भोलिदेखि क्रिकेटको रौनक
- पोखराको मालेपाटन ग्राउन्डमा एनपीएलका सबै खेल निःशुल्क प्रत्यक्ष प्रसारण हुने
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
चितवन,
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।
विसं २०८१ असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । विसं २०८३ पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हालसम्म एउटा टावरको काम लगभग सकिएको छभने अर्को टावरको दोस्रो तलाको ढलान भएको छ । चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ । दुईवटाको ढलान भएको र बाँकी एउटाको काम सुरु भएको छ ।

मैदान निर्माण सुरु गरिएको छ । मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल, प्लम्बिङलगायतका काम भइरहेको छ । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने जनाइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेर आयोजना अघि बढाइएको हो । चालु आर्थिक वर्षमा महानगरले चार करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गर्नुपर्ने काममा कुनै समस्या छैन । कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनेका छौँ ।” सङ्घीय र प्रदेश सरकारसँग रङ्गशाला निर्माणका लागि आवश्यक बजेट माग गरिरहेको पनि उहाँले बताउनुभयो।
धुर्मस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यससँगै महानगरपालिकाले प्रदेश र सङ्घसँग सहकार्य गरेर काम अघि बढाएको हो ।