Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छः मन्त्री पोखरेल
- राजेन्द्र खड्की र पुजना प्रधान स्टारर ‘हवन’ को छायांकन सम्पन्न, समाजको कालो पाटो खोतल्ने
- पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
- महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन
- ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी
- ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट
- सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
- देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
- सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
- आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
चितवन,
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।
विसं २०८१ असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । विसं २०८३ पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हालसम्म एउटा टावरको काम लगभग सकिएको छभने अर्को टावरको दोस्रो तलाको ढलान भएको छ । चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ । दुईवटाको ढलान भएको र बाँकी एउटाको काम सुरु भएको छ ।
मैदान निर्माण सुरु गरिएको छ । मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल, प्लम्बिङलगायतका काम भइरहेको छ । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने जनाइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेर आयोजना अघि बढाइएको हो । चालु आर्थिक वर्षमा महानगरले चार करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गर्नुपर्ने काममा कुनै समस्या छैन । कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनेका छौँ ।” सङ्घीय र प्रदेश सरकारसँग रङ्गशाला निर्माणका लागि आवश्यक बजेट माग गरिरहेको पनि उहाँले बताउनुभयो।
धुर्मस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यससँगै महानगरपालिकाले प्रदेश र सङ्घसँग सहकार्य गरेर काम अघि बढाएको हो ।