सुचना, समाचार र मनोरन्जन

डेविड र बेनिशाको ‘माया हो मायामा’मा सरिता र प्रवणको रोमान्स

काठमाडौँ :

लामो समयदेखि सञ्चारकर्ममा सक्रिय रहेका सञ्चारकर्मी डब्बु क्षत्रीले आधुनिक गीत ‘माया हो माया…’भिडियो सार्वजनिक गरेका छन्। आइतबार क्षेत्रीको यस गीतको भिडियोलाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले काठमाडौँमा एक समारोहबिच यो गीतलाई सार्वजनिक गरेका हुन्।

गीतको भिडियो सार्वजनिक समारोहमा पूर्व प्रधानमन्त्री नेपालले गीतकार क्षत्रीको यो गीत निकै माधुर्य रहेको बताए। भिडियो पनि आफुलाई मनपरेको भन्दै उनले भिडियो समेत तारिफ गरे। पछिल्लो समयका चर्चित गायक डेबिड शंकर र गायिका बेनिशा पौडेलले यो गीतलाई गाएका छन्। यो रोमाञ्चक भावको गीत माधुर्य बनेको छ। गीतमा दीपक शर्माले संगीत सृजना गरेका हुन्। काठमाडौँको पुतलीसडक स्थित आर्टोम्युजि रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको यो गीतलाई जुगल डंगोलले संगीत संयोजन गरेका हुन्।

यो गीतको भिडियोको निर्देशन रंगपत्रका क्षत्रीले नै गरेका छन्। भिडियोमा प्रवण भुसाल र सरिता भारतीले अभिनय गरेका छन्। भिडियोमा यी दुइको अभिनय राम्रो छ। यसअघि भारतीले थुप्रै गीतको भिडियोमा अभिनय गरेकी छन्। गायिका समेत रहेकी भारती सञ्चारकर्ममा समेत सक्रिय रहदै आएकी छन्। यस गीतको भिडियोको छायांकन मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको हो। काठमाडौँबाट पाँच दिनको यात्रा गरेर गीतको भिडियोमा कर्णालीको सुन्दरतालाई कैद गर्नका लागि निर्देशक क्षेत्रीको टिम पुगेको थियो। प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए।

भिडियोबारे उनले भने,‘यो माधुर्य गीत बनेका कारण गीत सुन्दै भिडियो हेर्दा दर्शकलाई आनन्द मिलोस भनेर हामीले कर्णालीका अत्यन्त सुन्दर स्थलमा पुगेर त्यहाँ छायांकन गरेका हौँ। गीत रिलिज भएपछि भिडियोमा समेटिएको सुन्दताले निकै प्रशंसा पाईरहेको छ।’

जसमा दिब्यराज सुवेदीको छायांकन,दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ। यो गीतको भिडियोलाई सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन्।

Leave A Reply

Your email address will not be published.