काठमाडौं :
बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’को प्रसारण आज (शनिबार)देखि सुरु हुने भएको छ। साँझ ९ बजे कास्ठमण्डब गोल्ड एचडी टेलिभिजनबाट शो प्रसारण हुने शोलाई हाइलाइट नेपालको युट्युबमा पनि हेर्न पाइनेछ।
नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचा भन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन्। नृत्यसँगै बाल प्रतिभाको व्यक्तित्व, सिर्जनशीलता, प्रस्तुति र स्टेज आत्मविश्वासलाई समेत शोमा प्रथामिकता दिइएको छ।
‘डान्स, ड्रीम, शाइन’ भन्ने नारासहित निर्माण गरिएको ‘लिटल डान्सिङ च्याम्प’को पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’मा केन्द्रित हुनेछ । जुन शो आइतबार पनि प्रसारणमा आउनेछ।पहिलो चरणमा ५० जना बाल नृत्य प्रतिभाले एउटै मञ्चमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नेछन् । जसको मुल्याङकन केशव थापा, बबिता पोखरेल र सरोज प्रजा निर्णायकको रुपमा रहेका छन्।
त्रिदेवी श्रेष्ठ र रोजिन शाक्यले होष्ट गर्ने शोका नेपालमा देखिँदै आएका डान्स रियालिटी शोको ढाँचाभन्दा छिटो बनाइएको कारण यसलाई एक्सप्रेस शो भनिएको हो। एक्स–प्रेस फम्र्याटमा अगाडि बढ्ने शोमा प्रतियोगितालाई केवल नृत्य प्रस्तुतिमा सीमित नराखी विभिन्न चरण, चुनौती, मूल्यांकन र दर्शक सहभागितामार्फत बाल प्रतिभालाई अगाडि बढाउने अवधारणा राखिएको छ।
ह्वाइट फेदर्स इन्टरटेन्मेन्टको आयोजना र जिनो टेक इन्टरनेशनलको व्यवस्थापनमा निर्माण भएको शो जिनो स्टुडियोज, पेप्सीकोला स्टुडियो पार्टनर तथा जिनो पेय भोटिङ पार्टनरका रुपमा रहेका छन्। कार्यक्रमको निर्माता त्रिदेवी श्रेष्ठ हुन् भने निर्देशन शानु खान रहेका छन्। सहायक निर्देशकमा प्रमित बख्रेल,यवस्थापनतर्फ स्वीकृति ढकाल,मनिषा बीके,सनिल महर्जन,आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु रहेका छन्। शोका विजेताले नगद तीन लाखको अलवा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रममा सहभागीको अवसर प्राप्त गर्न सक्ने निर्देशन सानु खानले बताए।