सुचना, समाचार र मनोरन्जन

दशैंमा ‘बलिदान’ सर्वाधिक शो, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले पनि पाए पर्याप्त स्थान

काठमाडौं :

दशैंको फूलपाती अवसर पारेर सोमबारदेखि प्रदर्शनमा आउने तीन नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’लाई हलहरूले शो विभाजन गरेका छन्। बिहीबार दिउँसो १ बजेसम्मको तालिका अनुसार शोको अनुपात क्रमशः ४०–३०–३० प्रतिशत देखिएको छ।

समीर भट्ट अभिनीत र सन्तोष सेन निर्देशित ‘बलिदान’ले देशभर १९३ शो पाउँदै सर्वाधिक स्थान सुरक्षित गरेको छ। त्यसपछि मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’ले १२१ शो पाएको छ भने हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ले ११६ शो पाएको छ।

हलहरूले बिहान ५ः३० बजेदेखि मध्यरात ११ः५५ बजेसम्म शो निर्धारण गरेका छन्। अन्तिम शो सकिँदा बिहान ३ बज्ने र त्यसको दुई घण्टापछि पुनः अर्को शो सुरु हुने भएकाले दर्शकलाई करिब २४ घण्टा फिल्म हेर्ने सुविधा उपलब्ध हुने देखिन्छ। शो तालिकाको अन्तिम स्थिति भने आइतबार बेलुकीसम्म मात्र स्पष्ट हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.