सुचना, समाचार र मनोरन्जन

दया र मिरुनाको ‘घरज्वाइँ’ले दुई दिनमा डेढ करोड ग्रस गरेको निर्माताको दाबी

काठमाडौं :

शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’को दुईको कमाई सार्वजनिक भएको छ। निर्माण टिमले यो फिल्मको शुक्रवार तथा शनिवार दुई दिनको एक करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ।

अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ को दुई दिनको बक्स अफिस रिपोर्ट भने होइन। यो निर्माण टिमले जानकारी दिएको डाटा हो। यसको कमाई कति भयो भन्ने बारेमा चलचित्र विकासको बोर्डको बक्स अफिस रिपोर्ट नआउन्जेल आधिकारिक मान्न सकिन्न।

जनक घर्ती मगरद्वारा निर्माण गरिएको यो फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् । प्रदर्शनको पहिलो दिन शुक्रवार विहान झरीका कारण केही प्रभावित भएको थियो। शनिबार भने झरी रोकिएको हुँदा यो फिल्मको कमाई राम्रो भएको अनुमान गर्न सकिन्छ। फिल्मका वितरक रोहित कट्टेलले सामाजिक सञ्जालमार्फत देशभर फिल्मको कमाई राम्रो भएको जानकारी दिएका छन्।

निर्माता जनक घर्ती मगरले शनिवार बिहानैदेखि काठमाडौं उपत्यका र मोफसलका ठूला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप देखिएको बताए।

Leave A Reply

Your email address will not be published.