सुचना, समाचार र मनोरन्जन

मंसिर ७ मा ‘तेल भिसा’, पोस्टरमा दोहोरो भुमिकामा देखिए विपिन

काठमाडौं :

शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो। सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच सिनेमाको निर्माण टिमले आइतबार नै फिल्मको फर्स्टलुक सार्वजनिक गरेको हो।

पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ। उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ। पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । सिनेमाको पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउने देखिन्छ।

यसअघि भदौ २९ गते रिलिज हुने भनिएको फिल्म आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ। निर्देशक घिमिरेका अनुसार यो महिना फिल्मका लागि उपयुक्त मिति लागेर नै यो समयका लागि फिल्मको रिलिज घोषणा हो। फिल्ममा बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको छ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ।

Leave A Reply

Your email address will not be published.