सुचना, समाचार र मनोरन्जन

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को ३६ दिनमा ‘वरिष्ठ बलराम’को इन्डक्ल्याप

काठमाडौं :

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ। चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मको ३६ दिनमा सुटिङ सकिएको हो। निर्देशक पौडेलले आफुले अपेक्षा गरे अनुसारकै सफलता पाएको बताए।

उनले मिडियासँगको कुराकानीमा भने,‘हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ। कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ। अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ।’

उनका अनुसार यो फिल्म सामाजिक कथावस्तु पस्किदै फिल्मले सन्देशमूलक र मनोरञ्जनप्रदान गर्नेछ। यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ।
आगामी लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ। आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेको यो फिल्म सुरेन्द्र पौडेलको चौथो निर्देशकीय हो। निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको कथा महेश दवाडीले लेखेका छन्।

यस फिल्ममा डिओपी मानकृष्ण महर्जनको रहेको छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रुपमा छन्। प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ। ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.