सुचना, समाचार र मनोरन्जन

आफ्नो कम्फर्ट जोन छोडेर ‘कर्मा’मा विपीन कार्की

काठमाडौं :

भर्सस्टायल अभिनेता विपीन कार्की आफ्नो कम्फर्ट जोन छोडेर पहिलोपटक एक्सनमा देखिँदैछन्। चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’मा पहिलोपटक एक्सनमा आउन लागेका हुन्।

सोसल ड्रामामा काम गर्दै आएका विपीन पहिलोपटक एक्सनमा काम गर्न कसरी तयार भए? निर्देशक सौरभ चौधरीको पहिलो अफरमै उनले एक्सन भूमिकामा काम गर्न विपीन तयार भएका थिए। नयाँ नयाँ स्टोरी र जनरमा काम गर्न रुचाउने विपीनले एक्सनमा काम गर्न सहजै तयार भएका थिए। ‘कर्मा’का लागि विपीनले तौल घटाउने,जिम जानेसम्मको काम गरेका थिए।

निर्देशक सौरभ चौधरी नेपाली एक्सन फिल्मलाई लिएर फरक धारणा राख्छन्। उनी एक्सन सिनेमाको भाष्य नै बदल्न चाहन्छन्। नेपाली फिल्ममा मुस्किलले तीनदेखि चारवटा एक्सन सिक्वेन्स हुने र त्यसैलाई फिल्म भनेर भन्ने गरिएको बताए।

उनले भने,‘कुनै फिल्ममा एक्सन सिक्वेन्स छ। तर, समग्रमा त्यो चलचित्रलाई इमोसनले ड्राइभ गरेको छ भने त्यो फिल्मलाई एक्सन भन्ने कि सोसल ड्रामा?’ एक्सन सिनेमा भन्ने हो भने त्यसमा एक्सनको सिक्वेन्स पनि त्यही अनुसार हुनुपर्नेमा उनको जोड छ।

साढे दुई घण्टाको फिल्ममा २० मिनेट फाइटको सिन भए त्यसलाई एक्सन सिनेमा भन्ने कि नभन्ने बहसको विषय भएको उनको तर्क छ। अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको यो फिल्ममा विपीनका अलवा उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर र साउन्ड डिजाइन छ। फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको अग्रिम बुकिङ समेत खुलेको छ।

Leave A Reply

Your email address will not be published.