सुचना, समाचार र मनोरन्जन

तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ/

गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’

घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ ।’

घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइने उनले बताए । बिरामीहरूलाई आश्वासन दिँदै उनले भने, ‘पहिला उपचार गर्नुस्, बाहिरबाट ल्याएको औषधीको पनि स्वास्थ्य मन्त्रालयमा मार्फत भुक्तानी हुन्छ ।’

Leave A Reply

Your email address will not be published.