सुचना, समाचार र मनोरन्जन

राजनीतिक दललाई दयाहाङ राईको प्रश्न : मसँग एक भोट छ, यो भोट माग्ने तपाईंसँग आधार के छ?’

काठमाडौं :

आगामी फागुन २१ गते हुने चुनावी गर्मी बढिरहेको छ। पार्टीका नेता तथा उम्मेदवारहरु आफ्नो पार्टी र आफुलाई जिताउन घरदैलो गरिरहेका छन्। यस्तो अवस्थामा कलाकारलाई पनि खुबै चुनाव लागिरहेको छ।

अभिनेत्री रिमा विश्वकर्मा,लक्ष्मी बर्देवा,अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनिसकेका छन्। उनीहरु आफ्नो लागि तथा पार्टीका लागि भोट मागिरहेका छन् । यता अभिनेत्री नीशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा नै उठेकी छन्।

देशभर चुनावी माहोल तातिरहेको बेला अभिनेता दयाहाङ राईले उम्मेदवार तथा विभिन्न पार्टीका नेतालाई भोट माग्ने आधार के हो भन्दै प्रश्न गरेका छन्। नेताकै हाउभाउ शैलीको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनी लेख्छन्, ‘देशमा चुनाव आईराछ । मसँग एक भोट छ । यो भोट माग्ने तपाईंसँग आधार के छ?’

उनको यो प्रश्नले दलहरुलाई झस्काएको मात्रै छैन। एउटा जिम्मेवार मतदाताले के आधारमा प्रतिनीधि छान्नेको योग्यता समेत खोजेको छ। यसअघि अन्य कलाकारहरुले खुलेर आफु निकट पार्टीको लागि मत मागिरहेको भएता पनि उनले कुनै पक्ष लिएको देखिदैन। सरकारले २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। अहिले जिल्लादेखि गाउँमा चुनावी रापताप बढेको छ।

Leave A Reply

Your email address will not be published.