सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

दया र दीया फिल्म ‘दयारानी’को चर्चाले दंग

काठमाडौं :

यतिबेला फिल्म बजारमा अभिनेता दयाहाङ राई,अभिनेत्री दीया पुन अभिनित फिल्म ‘दयारानी’को चर्चा छ। फिल्मले आफुबाट बच्चा नहुने भएपछि श्रीमानलाई अर्को विवाह गर्न जुन दबाब श्रीमतीले दिएकी छन्। केहि दिन अघि सार्वजनिक भएको फिल्मको ट्रेलर हेरेर दर्शकले समेत फिल्मप्रति चासो व्यक्त गर्न थालेका छन्।

पारिवारिक कथामा आधारित फिल्ममा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई सामाना गर्नुपरेको कुरालाई फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए।

sfal

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समसायिक कथामा फिल्म बनेको र फरक थामा निर्माण भएको बताए। माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म यहि माघ २६ गते रिलिज हुँदैछ । नेपाली सिनेजगतले यो सिनेमालाई वक्सअफिसमा राम्रो व्यापारिक नतिजा बोकेको फिल्मका रुपमा समेत हेरिएको छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

शैलेन्द्र ध्वज कार्कीले खिचेको यो फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट रहेका छन्। यस फिल्मका कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् भने फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.