सुचना, समाचार र मनोरन्जन

नवलपरासी पश्चिममा हजुरबुवा र नाती मृत फेला

नवलीपरासी :

नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहवाका हजुरबा र नाती मृत अवस्था फेला परेका छन्। सोही स्थानमा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत फेला परेका हुन् ।

उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेको हुन् । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए ।

दुई जनाको शव फेला परेको सूचना पाएपछि प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरुको मृत्युको कारण नखुलेको र तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यक्षलाल एक छोरा, बुहारी र दुई नाती र एक नातिनीसँग बस्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.