सुचना, समाचार र मनोरन्जन

अध्यागमन विभागले आजबाट सेवा अवधिको समय बढायो,अब बिहान ८ बजेदेखि बेलुका ८ मै सेवा

काठमाडौं :

अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको केहि घण्टा बढाएको छ । विभागले मंगलबारदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म लम्ब्याएको हो। अब यो सेवा हप्ताको सातै दिन चल्ने छ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको यो सेवा अब थप सुविधा सहित समय अवधि बढाएको हो। विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको हो।

देश तथा विदेशमा रहेका नेपालीले भिसा एप्लाई गरिरहेको हुनाले समय अवधि बढाउनु परेको उनको भनाई छ।

‘हामी ई–भिसामा गइसकेपछि देश–विदेशबाट अप्लाई भइरहेको हुन्छ ,’उनले सेवा अवधि बढाएको बारेमा कुराकानी गदै भने,‘ युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएको छ । त्यसैले हामीले समय थपेर सेवा प्रवाह सुरु गरेका छौं ।’

सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वास छ। अब भिसा लिन चाहाने भुक्तानी बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी गर्न सकिने छ। महानिर्देशक तामाङका अनुसार अब जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न सकिने छ।

Leave A Reply

Your email address will not be published.