सुचना, समाचार र मनोरन्जन

जन्ती बोकेको गाडी दुर्घटनामा २ जनाको मृत्यु,१६ जना घाइते

दमौली (तनहुँ) :

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

आज बिहानै भएको दुर्घटनामा बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार मृत्य हुने दुवै जनाको खनाखत हुन बाँकी रहेको छ। अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएका १६जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.