सुचना, समाचार र मनोरन्जन

प्रजातन्त्रको अवसरमा हुने कार्यक्रममा पत्रकारलाई रोक

काठमाडौं :

फागुन ७ गतेका दिन देशभर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहरहेका छन्। यसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ। उनीहरुलाई प्रवेश दिइएको छैन ।

Chaka Panja

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । उनीहरुले प्रवेश नदिएपछि त्यसको बिरोध स्वरुप क्यामेरा बाटैमा डाउन गरेका हुन्।

सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेको बताएका छन्। उनीहरुलाई समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने जनाएको छ। त्यस अनुरुप उनीहरुलाई प्रवेशमा रोक लगाउदै आयोजकले फर्काइदिएको छ ।

Leave A Reply

Your email address will not be published.