सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय स्वतन्त्र पार्टीले ग¥यो सबै कमिटी विघटन

काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । हिजो बसेको सचिवालय बैठकले वडादेखि प्रदेशसम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको हो।

रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार सबै विभाग विघटन गरेर कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ। यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउन लागेको हो। रास्वपाले पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.