सुचना, समाचार र मनोरन्जन

श्रीमतीलाई रडले टाउको हानेर हत्या

दाङ :

तुलसीपुर उपमहागनरपालिका ४ तल्लो हलवारमा एक जनाले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्। हत्यामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ।

Chaka Panja

इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनीको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।

श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका थिए। उनको रड प्रहारबाट स्थानीय मीना थापा र शिला चौधरी लगायत प्रहार घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.