सुचना, समाचार र मनोरन्जन

पत्रकार सम्मेलन गरेको दुईदिनमा रिलिज भयो ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’

काठमाडौं :

हिजो पत्रकार सम्मेलनमार्फत फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको घोषणा गरिएको थियो। तर प्राविधिक समस्याका कारण निर्माण टिमले बुधबार सार्वजनिक भएको हो। दुई साताअघि द भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा खिचिएको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । यस गीतमा भने अस्मिता अधिकारी र सबिन सुबेदीले स्वर भरेका छन्।

रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् । आयुषा ‘मेरो डान्स कप युएसए’ की फस्र्ट रनर अप हुन्।फिल्म नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको छ। फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशको कलाकारको अभिनय छ।

Chaka Panja

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर)को कथा र निर्देशन रहेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण छ । फिल्मा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भण्डारी,विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) प्रस्तुतकर्ता रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गरेको छ। निर्देशक मित्रका अनुसार फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ। फिल्ममा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाँको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

Leave A Reply

Your email address will not be published.