सुचना, समाचार र मनोरन्जन

‘देवी’को दुई पोस्टरले नाजिर हुसेन, गौरव पहारीको भुमिकाको कौतुहल्ता

काठमाडौं :

नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’को दुई शीर्ष पुरुष कलाकार समावेश गरिएको पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता गौरव पहारी र नाजिर हुसेनको फरक लुक्स देख्न सकिन्छ। यसअघि फिल्म मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ।

सञ्जोग राईको पहिलो निर्देशनमा बनेको फिल्मले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले दिएको छ। आगामी भदौ २१ गते रिलिज हुने फिल्म एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको हो।

Chaka Panja

प्रदर्शनका लागि यो फिल्मले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ। फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ। महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको निर्देशक राईले बताए।

सिनेमामा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । सिनेमामा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.