सुचना, समाचार र मनोरन्जन

वल्र्ड आोलम्पियन्स फोरममा भाग लिनका टर्की जाँदै दीपक बिष्ट

काठमाडौं :

नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले वल्र्ड ओलम्पियन्स एसाोसिएसनको वल्र्ड आोलम्पियन्स फोरममा भाग लिने भएका छन् । टर्कीको स्तानबुलमा शनिबार र आइतबार दुई दिन हुने फोराममा विष्टले भाग लिने भएका हुन्। त्यसैको लागि उनी बिहीबार त्यसतर्फ प्रस्तान गर्दैछन् ।

फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहनेछ । संघले पछिल्लो दुई वर्षमा गरेको कामलाई फोरममा प्रस्तुत गरिने विष्टले जानकारी दिए । उनले एसियन ओलम्पियन फोरम आयोजनाका लागि प्रस्ताव राख्ने र सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने योजनामा आफू रहेको विष्टले बताए ।

विष्टलार्य नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन्स संघका महासचिव राजेन्द्र भण्डारीलगायतले विदाई गरेका थिए ।

Leave A Reply

Your email address will not be published.