सुचना, समाचार र मनोरन्जन

पोखरामा ७ हजार भन्दा धेरै शिक्षक विद्यार्थीहरुले हेरे ‘सरी मम’

काठमाडौं :

जनचेतना मुलक फिल्म ‘सरी मम’लाई पोखरामा प्रदर्शन गरिएको छ। पोखरा महानगरपालिका भित्र रहेका ७ हजारभन्दा बढि शिक्षक तथा विद्यार्थीहरुले फिल्म हेरेका छन्।

लागूऔषध दुव्र्यसन विरुद्धको जनचेतनामुलक शैक्षिक फिल्म ‘सरी मम’लाई सिनेमा हल, पार्टी प्यालेस तथा विद्यालयमा रहेको हलमा प्रर्दशन गरिएको थियो । निर्माण पक्षका अनुसार लेखनाथमा रहेको श्री सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा रहेको १५० जना विद्यार्थीहरुले निः शुल्क फिल्म हेरेका छन्।

निर्माता विनोद लामाका अनुसार अहिले धेरै युवा युवतीहरु  लागूऔषध दुव्र्यसनमा फसिरहेको अवस्थामा उनीहरुलाई फिल्मको माध्यमबाट जनचेतना फैलाई समाजमा सचेतना जगाउन थालिएको हो।

त्यसका लागि यस फिल्मले असल नागरिक भई बाच्न र सुन्दर भविष्य निर्माण गर्नको लागि  यस फिल्मले टेवा पुग्ने निर्माता लामाले जानकारी दिए ।

फिल्मलाई पोखरामा प्रदर्शन गर्न युनाईटेड क्लव पोखरा , हिसान , प्याब्सान, एन प्याब्सन , पोखरा महानगरपालिका शिक्षा महाशाखा , पत्रकार डिल्ली राम कार्की लगायतबाट सहयोग समेत जुथेको छ।

नवीन बोगटीले निर्देशन गरेको फिल्ममा अभिनेता सरोज खनाल र सरिता लामिछाने सँगै एलिस राई, प्रभात पल, आरबी कटुवाल, बसन्त राज  कुँवर , बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.