सुचना, समाचार र मनोरन्जन

अञ्जको ‘तीजको लहर’मा छमछमी नाचिन दीपाश्री

काठमाडौं :

गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन । यसपटक पनि उनले ‘तीजको लहर’ लिएर आएकी छिन् । विगत ६ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् ।

अन्जुलाई गायनमा बिना भट्टराईले साथ दिएकी छन् । बिना भट्टराईले नै लेखेको गीतमा संगीत भने मीन गुरुङले गरेका छन् । गीतमा एरेन्ज भने सुदिप सागरले गरेका छन् । गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईले नै कम्मर मर्काएका छन् ।

गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका छन् । नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको छ । गीतको सम्पादन विवेक उप्रेतीको रहेको छ । महिलाहरुको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफुले यसरी गीत हरेक तीजमा लेराउने गरेको अन्जु श्रेष्ठले बताइन् ।

Leave A Reply

Your email address will not be published.