सुचना, समाचार र मनोरन्जन

यौनकर्मीको कथामा बनेको चलचित्रलाई १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

काठमाडौं : 

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ जाँच पास सम्पन्न भएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरेर एडल्ट सर्टिफिकेट दिएको छ।

रत्नपार्कको वरिपरीको यौनकर्मीको कथामा बनेको चलचित्रलाई १६ बर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन्। चलचित्रको बिषयबस्तु र सार्वजनिक टिजर र ट्रेलरले दर्शक माझ कौतुहलता पैदा गरेको छ। चलचित्रले दर्शकको मन छुनेमा निर्माण टिम ढुक्क देखिएका छन्।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्रमा गणेशदेव पाण्डेको निर्देशन छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् ।

निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ । विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको ब्याक राउण्ड म्युजिक, कोशिश क्षेत्रीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.