सुचना, समाचार र मनोरन्जन

भाग्यमानी बेनिशा : जुन गीत गाए पनि चर्चामा

काठमाडौं :

पछिल्लो समय युवापुस्तामा लोकप्रिय गायिका हुन् बेनिशा पौडेल। ‘नछुटोस,आँखैमा लाउने,पर्दैन पर्दैन मलाई फकाउन,पटुकी बेरेको,जहाँ छुन्छु,यस्तो माया,सम्बन्ध तिम्रो मेरो,मुरली तिरिरि’लगायत थुप्रै गीतहरु चर्चामा रहेका छन्। उनले गाएको‘हाम्रो माया कहिलै नछुटोस’ र पर्दैन पर्दैन मलाई फकाउन’बोलको गीत यतिबेला टिकटकमा सर्वाधिक भिडियो बनेका छन्।

त्यस्तै विकासराज आचार्यको फिल्म ‘नाईँ नभन्नुँ ल ६’को ‘क माने कछुवा ख खरायो’बोलको गीत बालबालिकामाझ लोकप्रिय रहेको छ। सन् २०१६ सुरशाला आइडलकी प्रतिष्पर्धी समेत रहेकी बेनिशा नेपाल आइडलको चौथो सिजनकी टप ७ बाट बाहिरिएकी थिइन्। उनी नेपाल आइडलमा आउनुभन्दा अघि नै ३५ वटा भन्दा बढि गीतमा स्वर भरिसकेकी थिइन्।

४ वर्षको उमेरबाट नै गीत गाउन थालेकी बेनिशाले अहिलेसम्म २ सय भन्दा बढि गीतमा आफ्नो आवाज भरिसकेकी छन्।
‘मैले अहिलेसम्म २ सय भन्दा बढि गीत गाइसकेको छु,’उनले भनिन्,‘मैले सबैभन्दा धेरै गीत अघिल्लो वर्षमा गाएको थिए। अहिले पनि महिनामा एक दर्जन हाराहारी गीत गाउने मौका पाएको छु।’

बेनिशाले गाएका केहि फिल्मका गीतहरु पनि चर्चामा रहेका छन्। फिल्म चुरिफुरीको चुरिफुरी,फिल्म प्रेमगन्जको ‘सियोमा धागो’,फिल्म ‘नाईैँ नभन्नु ल ६’को क बाट कछुवा त्यस्तै नाइँ नभन्नु ल ६ कै ‘ दिउँला माया’ प्रदर्शनको तयारीमा रहेको फिल्म गणपतिको ‘ख्याल ख्यालमा’मा केहि फिल्मका गीतहरु भने रिलिज हुन बाँकी रहेका छन्।उनी आफुलाई एउटै मात्र गीत गाउन भन्दा पनि सबै खाल्का गीत गाउन रुचाउने बताउँछिन्। त्यस कारण यस पटक केहि लोकभाका गीतहरु पनि गाएकी छन्।

उनले यस वर्ष मात्रै ५ वटा तीज गीतमा गाइसकेकी छन्। पछिल्लो पुस्ताका बेनिशा पौडेल,रचना रिमाल,एलिना चौहान र समिक्षा अधिकारीले पनि एउटै गीतमा आवाज भरेका छन्। जुन गीत यसै साता सार्वजनिक हुने तयारीमा छ।

उनी भन्छिन्,‘तीजका गीतहरु गाउन मलाई एकदमै मन पर्छ। त्यस कारण पनि होला यो साल निकै गीत गाउने मौका पाएको छु। स्रोता दर्शकले पक्कै पनि रुचाईदिनुहुनेछ भन्ने आशा राखेको छु।’

उनले गीतहरुबाट थुप्रै अवार्डहरु समेत पाएकी छन्। उनले म्युजिक खबर अवार्ड वि.स.७६,निम अवार्ड सन्२०२३,हिमालयन इन्टरनेश्नल अवार्ड २०२३ लगायत थुप्रै अवार्डहरु जितेकी छन्। त्यस्तै विराट म्युकिज एण्ड फिल्म अवार्ड २०७८,नेपाल अवार्ड एण्ड फेशन अवार्डमा २०७९,ओेएस नेपाल म्युजिक अवार्ड २०७६ मा पनि उनले उत्कृष्ट गायिका अवार्ड हात पारेकी छन्।

विदेशसम्मको यात्रा

बेनिशाले नेपालका अधिकांश ठाउँका सांस्कृतिक कार्यक्रमा पुगेकी छन्। उनले नेपाल बाहेक उनी भारतका विभिन्न शहरमा कार्यक्रम गरेकी छन् भने अष्ट्रेलिया,रोमनिया लगायत देशमा पनि उनले कार्यक्रम गरेकी छन्।

उनले भनिन्,‘देश तथा विदेशमा समेत अहिले मेरो व्यस्तता बढिरहेको छु अब दुबईको कुरा भइरहेको छ। सायद छिट्टै हुन्छ होला।’

बेनिशा रास्ट्रिय श्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकी कार्यकारी सदस्य रहेकी छन् । त्यस्तै उनी युवा परिषद् कला साहित्य सञ्जालको पनि कार्यकारी सदस्य हुन् भने प्रस्तोता समाजको साधारण सदस्य छिन्। पछिल्लो समय गायनका अलवा संगीत तथा संगीत सम्योजनमा समेत सिकिरहेकी छन्।

उनले परिचयसँगको कुराकानीमा भनिन्,‘मलाई आफ्नो गीतमा आफैँ संगीत सम्योजन गरौँ भन्ने लाग्छ। त्यहि भएर अहिले दैनिक रुपमा ७,८ घण्टा सिकिरहेको छु।’

नेपालबाट कलाकारहरु भटाभट पलायन भइरहेको अवस्थामा बेनिशा भने आफ्नो सोच नरहेको बताउँछन्। उनी नेपालमा नै बसेर गीत संगीतमा लाग्ने बताईन्। ‘मलाई विदेश पलायन हुने सोच छैन,’उनले भनिन्,‘नेपालमा नै संगीतमार्फत केहि गर्ने बिचारमा छु।’

प्रतिस्पर्धा मा भाग 

2016  मा सुरशाला आइडल = radio nepal round

नेपाल आइडल = 2022 टप 7 सम्म

गायका केहि एल्बम र फुटकर गीतहरु

1) नछुटोस

2) आखैमा लाउने

3) पर्दैन पर्दैन

4) पटुकी बेरेको

5) जहा छुन्छु

6) यस्तो माया

7) सम्बन्ध तिम्रो मेरो

8) मुरली तिरिरि

9) किन यस्तो भो

10) मलाइ पराइ बनाएर

11) मन बुढो भएन

12) यो रातो गाला नि

13) अए हेरन

14) यो नजरमा नजर मिलाइ

15) शुभकामना

16) तिमी बिनाको पल

17) चुन्नि

18) अजम्बरी पिरति

19) भेटेरै भन्नु छ

20) मिरा

21) मरिहत्ते

23) ए माया जुनकिरी

24) नयाँ जिबन

25) खोटो जिन्दगी

26) नमुना

27) फुलबुट्टे चोली

28) सुनमाया

29) चन्द्रमा

30) यसपालिको मंसिरमा

31) बस पर्खेर

32) यो जिन्दगी

33) नक्कली नभन्नु बरिलै

34) माकुरी

35) सुनै सुनको तिलहरि

36) मन्द मन्द

37) पानी तालैमा

38) पछ्यौरि

39) जुनकिरिका भेष

40) पर्खि बसेको छु

फिल्मका केहि गीतहरु

1 चुरिफुरि ( फिल्म= चुरिफुरि)

2) सियोमा धागो ( फिल्म = प्रेमगन्ज)

3) क बाट कछुवा ( नाइ नभन्नु ल )

4) दिउला माया  ( नाइ नभन्नु ल )

5) सैइले किन मलाइ ( रिलिज हुन बाकि )

6) दौरा मेरो  ( रिलिज हुन बाकि )

7) ख्याल ख्यालमा ( गणपति )

लगायत 200 जति गीतहरु रेकर्डिङ ।

साङ्गीतिक भ्रमण देशहरु 

भारत, अस्ट्रेलिया, युरोप

संघ सस्थामा आबद्ध

1) रास्ट्रीय श्रस्ता तथा प्रस्तोता प्रस्तिठान =  कार्यकारी  सदस्य

2) युवा परिषद कला साहित्य सन्जाल = कार्यकारी  सदस्य

3) प्रस्तोता समाज : साधारण सदस्य ।

 

Leave A Reply

Your email address will not be published.