सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘पृथ्वीचोकमा पृथ्वीनारायण शाह’ राष्ट्रनिर्माता गौरव अभियान गठन, सिरोज विजयको नेतृत्व

पोखरा :

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाका लागि राष्ट्रनिर्माता गौरव अभियान शुरु भएको छ। सिरोज विजय कोइराला संयोजक रहने गरी ‘पृथ्वीचोकमा पृथ्वीनारायण शाह’, राष्ट्रनिर्माता गौरव अभियान गठन गरिएको हाे।

Exchange and test

बुधबार बसेको भेलाले ५१ सदस्यीय अभियानको सहसंयोजकमा १० जना चयन पनि गरेको छ । सहसंयोजकहरुमा पदम बहादुर कार्की, शेरबहादुर उचाई ठकुरी, नारायण गुरुङ, जगन्नाथ कोइराला, गणेश बराइली, भुपेन्द्र गिरी, गणेशबहादुर क्षेत्री, अशिल कुमार शाही, कृष्णप्रसाद पौडेल र प्रकाश थापा छन् ।

सचिवमा अर्जुन खनाल र हिमाल खड्का तथा प्रवक्ता अरुण गिरी तोकिएका छन् । कोषाध्यक्ष तोत्र बहादुर बानियाँ र सहसचिव अभिमन्यू पाण्डे विक्रम छन् । प्रमुख सल्लाहकारमा प्राडा दिलबहादुर क्षेत्री तथा सल्लाहकारहरुमा प्राडा नारायणप्रसाद अधिकारी, खिमबहादुर शाही र शंकर खराललाई चयन गरिएको छ । तत्काल अभियानको दुई उद्देश्य रहेको प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनर्स्थापना हुनुपर्ने र राष्ट्रियता, इतिहास र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य अभियानको रहेको उनले जनाए। अभियानले १००८ सदस्यीय संघर्ष समिति बनाउने निर्णय गरेको छ । यस्तै, विभिन्न उपसमिति बनाउने र चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने अभियानले जनाएको छ। यसअघिका आन्दोलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.