सुचना, समाचार र मनोरन्जन

दीवाकार र दीपिका बुबा आमा बन्न लागेपछि गराए ‘प्रेग्नेन्सी फोटोसुट’

काठमाडौं :

फिल्म ‘ऐश्वर्य’बाट डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाई आमा बन्ने दिन नजिकिदै गर्दा उनले फोटो सुट गराएकी छन्। चिकित्सकले उनलाई आगामी बैशाख पहिलो साताको ‘डेलिभरी डेट’ दिएका छन्।

डेलिभरीको डेट नजिकिदै गर्दा उनका श्रीमान दीवाकर भट्टराईले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । दीपिकाले शनिबार आफ्नो सामाजिक सञ्जालमा केहि तस्वीरहरु सार्वजनिक गर्दै आमा बन्न लागेको आफ्ना फ्यानहरुलाई जानकारी दिएकी हुन्। सार्वजनिक तस्विरमा दुवै रोमान्टिक मुडमा देखिएका छन्। दीपिकाले तस्वीरसँगै क्याप्सनमा बच्च जन्माउने निर्णय गर्नु निकै महत्वपुर्ण रहेको उल्लेख गरेकी छन।

उनले लेखेकी छन्,‘बच्चा जन्माउने निर्णय गर्नु महत्त्वपूर्ण छ। यो सदाको लागि आफ्नो हृदय आफ्नो शरीरबाहिर घुम्न जाने निर्णय हो।’

उनले सार्वजनिक गरेको तस्विरका कमेन्ट बक्समा रेखा थापादेखि अन्य सेलिब्रेटीहरुले समेत बधाई दिइरहेका छन्। चार वर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी उनले गत मंसिरमा फिल्म ‘मायावी’को छायांकन सकाए बसेकी छन्।

गर्भावस्थामै उनले यो फिल्मको छायांकन गरेकी हुन्। उनीहरु पहिलो सन्तानको पर्खाइमा रहेका छन्। ‘ऐश्वर्य’बाट डेब्यू गरेकी दीपिकाले ‘छक्का पञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरिसकेकी छन् भने ‘मायावी’ प्रदर्शनको तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.