सुचना, समाचार र मनोरन्जन

‘माया केवल माया’ भन्दै आए शितल केसी र चन्द्रकुमारी

काठमाडौँ :

नायक तथा मोडल शितल केसी र चन्द्रकुमारी राईको अभिनय रहेको म्युजिक भिडियो ‘माया केवल माया’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले ओएस आरको अफिसियल्ली युटुब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो।

गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको स्वर छ । पुष्पा खनालले लेखेको गीतलाई सरोज कोइरालाले संगीत भरेका छन । अञ्जुलाई सरोजले स्वरमा समेत साथ दिएका छन ।

Pach Pandav

गीतको भिडियोलाई निर्देशक वरिष्ठ नृत्य निर्देशक एवम् निर्देशक राजु शाह र लोकप्रिय कलाकार गोपाल ढकाल छन्देले निर्देशन गरेका हुन। निर्देशक ढकालका अनुसार गीतको भिडियोलाई ललितपुरको बोटानिकल गार्डेन र काठमाडौंका विभिन्न लोकेसनमा खिचिएको हो। गीतको भिडियोमा सितल र चन्द्र कुमारीबीच संसार नै मायामा अडिएको छ भन्ने थिममा अभिनय गराइएको छ। गीत र भिडियोलाई हरेक वर्गका दर्शकहरुले मनपराउने कुरामा माया केवल माया टिम विश्वस्त रहेको समेत बताएका छन्।

यस भिडियोको प्रस्तुतकर्ता नायक तथा मोडल श्रीदेव भट्टराई हुन भने गीतको एरेन्जर गोबिन्द मधुर आचार्यले गरेका छन्। अजय रेग्मीको छायाँकन रहेको भिडियोमा एलिजा सैजवालको श्रृंगार र दिन्सन शाहको सम्पादन÷कलर करेक्शन रहेको छ।

Leave A Reply

Your email address will not be published.