सुचना, समाचार र मनोरन्जन

प्रचण्डको दोहोरो चरित्रले रुष्ट देउवा र नेपाल : मन्त्रीहरुको शपथग्रहणमा उपस्थित भएनन्

काठमाडौं :

आइतबारबाट नेपालको राजनीतिमा एकाएक उथलपुथल आयो। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य अगाडि बढाएपछि राजनीतिमा तरंग आएको हो।

प्रचण्डले एकाएक मन्त्री मण्डल भत्काएर नयाँ सत्ता समीकरणपछि नियुक्त मन्त्रीहरुको शपथग्रहण गरेपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उनीसँग रिसाएका छन्। सहमती तोडेपछि उनीहरु प्रचण्डसँग निकै रुष्ट बनेका हुन । जसको असर नयाँ मन्त्रीको सथप ग्रहणमा दुवै नेता सहभागी भएनन् ।

उनीहरुलाई प्रधानमन्त्री प्रचण्डले नियुक्त मन्त्रीहरुको शपथमा बोलाएका थिए तर उनीहरु नगएपछि राजनीतिक नेतामा चिसोपना बढेको बुझिएको हो। शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत अन्य नेताहरुको सहभागी रहेको थियो।

Leave A Reply

Your email address will not be published.