सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीले काँग्रेसलाई धोका दिदै गरे नयाँ मन्त्रिपरिषद पुनर्गठन : एमालेको तर्फबाट गिरी पर्दा माओवादीका को ?

काठमाडौं :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सोमबार बहालवाला मन्त्री बर्खास्त गरेन नयाँ गठन गरेका हुन्। नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । जसमा नेकपा एमालेका पदम गिरी, आफ्नो दल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई बिना विभागिय मन्त्रीमा नियुक्त गरेका हुन्।

उनीहरुलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्यमाछलफल चलेको थियो। उक्त छलफल अनुसार मन्त्रालय भागबण्डाको सहमति मिलेपछि प्रधानमन्त्री प्रचण्डले बहालवाला सबै मन्त्री बर्खास्त गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.