सुचना, समाचार र मनोरन्जन
Pdms

देवी हमालको ‘किन आउँछ पापी तीज’ भिडियोमा सञ्चिता र मनोजको सम्बन्धको खुलासा

काठमाडौं :
नारीहरूको महान पर्व तीजको अवसरमा नेपालमै पहिलोपटक दोहोरी साँझ सञ्चालन गर्ने गायिका देवी हमालको नयाँ तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ।

गायिका हमालकै शब्द र संगीतमा तयार गरिएको यस गीतमा उनलाई गायिका मिना रिसालले स्वरमा साथ दिएकी छन्। दुई दशकभन्दा बढी समयदेखि निरन्तर सांगीतिक यात्रामा सक्रिय देवी हमाल हाल पनि उत्तिकै सक्रियताका साथ संगीत सिर्जनामा लागिरहेकी छन्।

गीतको भिडियोमा चर्चित मोडेल सञ्चिता शाही ठकुरी र मनोज विश्वकर्माबीचको सम्बन्धलाई कथा मार्फत उजागर गरिएको छ। उनीहरूका साथै चक्रबहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी के.सी., रानु खाड, तथा चेतनशील महिला विकास समूहका कलाकारहरूको अभिनय र नृत्य देख्न सकिन्छ।

लक्ष्मण अधिकारीको प्रस्तुति रहेको भिडियोको निर्देशन गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठले गरेका हुन्। भिडियोको सिनेमाटोग्राफी डिओपी केशव अधिकारी खत्री, सहायक क्यामेराम्यान जयन्द्र कुँवर, सम्पादन प्रेम शर्मा पौडेल, र मेकअप सुमन धरानेले गरेका छन्।

भिडियो तार्केश्वरको हाम्रो सुटिङ लोकेसन र काठमाडौंका रमणीय स्थानहरूमा छायांकन गरिएको हो। गीत ‘देवी हमाल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोलाई हेरिदिन, लाइक, सब्स्क्राइब र कमेन्ट शेयर गर्न सबै दर्शक–श्रोताहरूप्रति गायिका देवी हमालले आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.