सुचना, समाचार र मनोरन्जन

शिक्षाले राजनीतिलाई ठीक दिशामा लैजान्छ : सभामुख घिमिरे

काठमाडौं/

सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् । शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने उनको भनाइ छ ।

Pach Pandav

शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरु गरिन्छ । त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशामा लैजाने महत्वपूर्ण भूमिका खेल्छ ।’

समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान पनि शिक्षा महत्वपूर्ण रहेको उल्लेख गरे ।

शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताउँदै उनले शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको बताए । उनले नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताए । -अनलाइनखबर

Leave A Reply

Your email address will not be published.