सुचना, समाचार र मनोरन्जन
IVF New Banner

आहा रारा पोखरा गोल्डकपमा माघ २२ देखि हुँदै, सह–प्रायोजकमा जयश्री फुड्स

 

कास्की :  माघ २२ गतेदेखी पोखरामा हुने २४औं आहा! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागि हुने भएका छन्। दुई टीमको भने छलफल जारी रहेको छ।

Safal

सहारा क्लव पोखराको आयोजनामा हुन लागेको गोल्डकपमा सह–प्रायोजकमा चितवनको जय श्री फुड्स रहने भएको छ।

IVF Post

फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने गोल्डकपमा आयोजक सहारा क्लबसहित नेपाली ए डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेको सहभागिता रहने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए।

गोल्डकपमा शनिबार एक कार्यक्रमबा बीच सह प्रायोजनमा हस्ताक्षर सम्पन्न भएको छ। शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवाल र क्लबका अध्यक्ष केशवराज बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। जय श्री फुड्सले सह प्रायोजन वापत नगद रु ५ लाख रुपैयाँ सहयोग गर्ने छ।

क्लबका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर् गुरुङ, क्लबका मानर्थ सद्स्य जयलाल पुन, महेश गुरुङ र लोक ब गुरुङ, सल्ल्हाकार एवं अर्थ समिती संयोजक सुनिल गुरुङ, क्लबका पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा, हरिराम गुरूङ ‘सुरज’ लगायतका सहभागिता रहेको थियो।

 

Leave A Reply

Your email address will not be published.