सुचना, समाचार र मनोरन्जन

नाटक धनिरामको गोरु : गाउँघरको किसानी कथा

नाटक धनिरामको गोरु केवल एउटा नाटक होइन । कृषि क्षेत्रलाई माथि उठाउने एउटा स्तम्ब हो । करिब १ घण्टा १५ मिनेटको नाटकले तपाईलाई बाँधेर राख्छ । कलाकारको अभिनय जीवन्त छ । पोखरामा रंगमञ्चको क्रियाकलापलाई बढ्वा दिन यस्ता नाटकले महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

सन्तोष बस्याल,पोखरा /

पोखरा थिएटरमा अहिले नाटक धनिरामको गोरु मञ्चन भइरहेको छ । केदारनाथ पौडेलले लेखेको नाटकमा सामाजिक विषयवस्तुलाई उठान गरिएको छ । खासगरी ग्रामीण भेगको कृषि क्षेत्रलाई नाटक मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

गाउँका किसानको मर्का र समस्यालाई दरिलो गरी चित्रण गरिएको छ । नाटक केवल पात्र धनिरामको कथा होइन । यो त तपाई हाम्रो सामाजिक परिवेश हो । परम्परागत कृषिलाई त्यागेर आधुनिकीकरण अंगाल्दा गाउँका किसानले भोग्नुपर्ने पीडालाई कथामा प्रस्तुत गरिएको छ ।

उसो त हाम्रो देश नेपाल कृषि प्रदान देश भनेर परिचित छ । तर विडम्बना कृषियोग्य जमिन बाँझो देख्नुपर्ने स्थिति छ । कारण कृषिमा दक्ष जनशक्तिको अभाव छ । कृषि क्रान्तिका कुरा केवल नारामा सिमित छन् ।

एक थान हाते ट्याक्टर बाँडेर कृषि क्षेत्रमा सुधार ल्याउँछु भन्ने जनप्रतिनिधिको यहाँ कमी छैन । अर्को कुरा कृषिमा आधुनिकीकरण भित्रिए सँगै सामान्य परिवारको रोजीरोटीमा देखिएको समस्यालाई समेत नाटक धनिरामको गोरु मार्फत उजागर गर्न खोजिएको छ ।

जनप्रतिनिधिले प्रत्येक निर्वाचनमा आफ्नो घोषणा पत्रको मुख्य एजेण्डा नै कृषिमा यो गर्छु त्यो गर्छु भनेर बनाउने गर्छन् । तर काम भने हातमा लाग्यो शुन्य भएको छ । कृषिमा आधुनिकीकरणको विषय उठान गरिरहँदा किसानलाई आवश्यक पर्ने सीप एवम् तालिममा हामीले कत्तिको ध्यान दिऔं । आजको दिनमा यो महत्वपूर्ण विषय हो ।

एक थान हाते ट्याक्टर बाँडेर कृषि क्षेत्रमा सुधार ल्याउँछु भन्ने जनप्रतिनिधिको यहाँ कमी छैन । अर्को कुरा कृषिमा आधुनिकीकरण भित्रिए सँगै सामान्य परिवारको रोजीरोटीमा देखिएको समस्यालाई समेत नाटक धनिरामको गोरु मार्फत उजागर गर्न खोजिएको छ ।

नाटक हेरिरहँदा तपाई आफ्नै जीवनशैलीमा हराउनु हुन्छ । गाउँलाई सम्झनुहुन्छ । गाउँको किसानी अवस्थालाई सम्झनुहुन्छ । धनिरामको पीडा आफ्नै पीडा जस्तो लाग्छन् । आधुनिकतालाई अंगाल्दा धनिरामले समाजबाट खेप्नुपरेको खिसीट्युरीलाई आफ्नो समाजसँग तुलना गर्न थाल्नुहुन्छ ।

नाटक धनिरामको गोरु केवल एउटा नाटक होइन । कृषि क्षेत्रलाई माथि उठाउने एउटा स्तम्ब हो । करिब १ घण्टा १५ मिनेटको नाटकले तपाईलाई बाँधेर राख्छ । कलाकारको अभिनय जीवन्त छ । पोखरामा रंगमञ्चको क्रियाकलापलाई बढ्वा दिन यस्ता नाटकले महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

नाटक हेरिसकेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले नाटक धनिरामको गोरुले समाजको कथाव्यथा बोलेको उल्लेख गरेका छन् । उनका अनुसार धनिरामको गोरु आफ्नो पनको कथा हो । यस्तै कथावस्तुलाई बाहिर ल्याउनुपर्ने आवश्यकतालाई समेत उनले औंल्याएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्माले नाटक हेरिसकेपछि ग्रामीण क्षेत्रका किसानले भोग्नुपरेका समस्यालाई देखाउन खोजिएको उल्लेख गरिन् । आधुनिकता सँगै समस्याहरु पनि आएको र परम्परागत कृषि क्षेत्र हराउँदै जाँदा सामान्य परिवारमा देखिएको रोजीरोटीको समस्यालाई समेत चित्रण गर्न खोजिएको उनले बताइन् । समग्रमा नाटक उनलाई राम्रो लाग्यो ।

शनिबार भने दिउँसो १ बजे पनि नाटक मञ्चन गरिएको छ । नाटकमा कलाकारहरु दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, सबित्रा पाठक(सबु), ज्योती हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुषाल,जय चापागाईं, दिपेन्द्र पौडेलको अभिनय छ । नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले नाटक धनिरामको गोरु हेरिसकेपछि गाउँको सम्झना आएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीले पनि रंगकर्मी सँग मिलेर अपराध न्यूनिकरणको विषयमा काम गर्ने उनले जानकारी गराए ।

पद्मा प्रेम थिएटरको प्रस्तुतीमा मञ्चन भइरहेको नाटक धनिरामको गोरु माघ २७ गते सम्म हरेक दिन साँझ ५ बजे मञ्चन भइरहेको छ । शनिबार भने दिउँसो १ बजे पनि नाटक मञ्चन गरिएको छ । नाटकमा कलाकारहरु दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, सबित्रा पाठक(सबु), ज्योती हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुषाल,जय चापागाईं, दिपेन्द्र पौडेलको अभिनय छ । नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.