सुचना, समाचार र मनोरन्जन

पोखराको पर्यटन विकासका लागि महानगरपालिका प्रतिबद्ध: मेयर आचार्य

पोखरा/
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा न्याश्नल एफ तालचोकले आयोजना गरेको पर्यटन बहस कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले समग्र पोखराको पर्यटनका विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।

समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्यका साथ दिगो पर्यटन पूर्वाधार विकास र पर्यटकीय गतिविधिहरूलाई व्यवस्थित बनाउने कार्यमा महानगरपालिका लागिरहेको उहाँले बताउनुभयो ।

पोखरा महानगर क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धनमा जोड दिँदै नगरवासीहरूमा समेत पर्यटनमैत्री सोच र भावनाको विकास आवश्यक रहेको बताउनुभयो । नेपालको पर्यटन राजधानी पोखराका सबै पक्षहरूलाई उजागर गर्दै एकीकृत ढङ्गले पर्यटकीय सम्भावनाहरूको पहिचान तथा प्रवर्द्धन गरिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.