सुचना, समाचार र मनोरन्जन

दिलीपसँग कम्मर मर्काउँदै सुनिताले ल्याइन ‘ओ बड्डा’

काठमाडौं :

तीजका गीतमार्फत चर्चामा आएकी लोकगायिका सुनिता दुलालले चर्चित अभिनेता दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ‘ओ बड्डा’ सार्वजनिक गरेकी छन्। ‘तीज क्विन’, की नामले समेत परिचित लोकप्रिय गायिका दुलालले माघे संक्रान्तीका अवसरमा मंगलबार सुदुर पश्चिमेली भाकाको देउडा गीत ल्याएकी हुन्।

Chaka Panja

यस गीतमा उनलाई चर्चित लोकगायक चक्र बलमे साथ दिएका छन्। ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा अञ्जली अधिकारी र चक्र बमको समेत अभिनय छ। विरलै मात्रै अभिनयमा देखिने दुलालको यो गीतको भिडियोमा नाचेकी हुन्।

चक्रकै शब्द संगीत रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्। गायिका दुलालले यसपटकको गीत आफुले गाइरहेको भन्दा फरक शैलीको रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन्। भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.