सुचना, समाचार र मनोरन्जन

दिलीप योञ्जनले ल्याए ‘सोनाम लोछार’

काठमाडौं :

गायक शुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ। आस्था मिडिया युट्युब च्यानलमार्फत् गीतको भिडियो रिलिज गरिएको हो।

Chaka Panja

गीतको भिडियोमा सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको गायक योञ्जनले बताए। उनका अनुसार सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो ।

तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ। उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.