सुचना, समाचार र मनोरन्जन

निश्चलको ‘दिमाग खराब’ आजबाट दोश्रो सातामा

काठमाडौं :

गत शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा उत्साहजनक व्यापार गरेको फिल्मले दोस्रो सातामा पनि राम्रै व्यापार गर्ने छाँटकाँट देखिएको छ।

निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको छ।

बुधबार हिन्दी फिल्मलाई बढि शोज दिएको भन्दै निर्माण टिमले फिल्म हलमा नचलाउने भन्दै विज्ञप्ती निकालेको थियो। हलसञ्चालकसँगको छलफलपछि हिजो मंगलबारसम्म फिल्म चलाउने निर्माण पक्षको भनाई छ। निर्माण टिम र हलवालाबीच ५०–५० प्रतिशत हुनुपर्ने माग राखेको थियो।

Leave A Reply

Your email address will not be published.