सुचना, समाचार र मनोरन्जन

अनुभव र निरन्तरतासहित वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको दाबी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा अनुभवी व्यवसायी दिनेशचन्द्र बाँस्तोला वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। क्रम संख्या २ का उम्मेदवार बाँस्तोलाले आफ्नो लामो संस्थागत अनुभवलाई व्यवसायीको हितमा परिणाममुखी ढंगले प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उद्योग–व्यवसायसँगै संघको नेतृत्वदायी भूमिकामा निरन्तर सक्रिय बाँस्तोला हाल पोखरा उद्योग वाणिज्य संघमा उद्योगतर्फका उपाध्यक्ष (२०८१–०८३) को जिम्मेवारीमा छन्। यसअघि उनले संघको कोषाध्यक्ष तथा कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्।

पोखरा–५, न्यूरोडस्थित दि मोर्डन अफसेट प्रेस सञ्चालन गर्दै मुद्रण व्यवसायमा सक्रिय बाँस्तोला मुद्रण उद्योग संघ कास्कीका अध्यक्षसमेत हुन्। व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ। उनले लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको पूर्वअध्यक्ष र रोटरी क्लब अफ पोखरा न्यूरोडको अध्यक्षका रूपमा नेतृत्व गरिसकेका छन्।

संघका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै व्यवसायीका समस्या र चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै बाँस्तोलाले अबको नेतृत्वमा अनुभवलाई अझ प्रभावकारी परिणाममा रूपान्तरण गर्ने बताएका छन्। व्यवसायीको हकहित संरक्षण, संस्थागत सुदृढीकरण र उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा आफ्नो भूमिका केन्द्रित गर्ने उनको भनाइ छ।

“अनुभवलाई परिणाममा, विश्वासलाई जिम्मेवारीमा” रूपान्तरण गर्ने संकल्पसहित उनले सम्पूर्ण उद्योगी–व्यवसायीको साथ र विश्वासको अपेक्षा गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बाँस्तोलाको क्रम संख्या २ रहेको छ।

Leave A Reply

Your email address will not be published.